ओली समूहका सुदुरपश्चिम अध्यक्ष थापा सवार गाडि तोडफोड

अछाम, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ।

मंगलबार नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले थापा चढेको प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन।प्रचण्ड नेपाल समूह निकटका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले गाडीमा ढुंगामुढा गरेको बताइएको छ।

नेकपामा केहि समयदेखि ओली समुह र प्रचण्ड-नेपाल समुह बिच ठाउँठाउँमा झडप भईरहेका छन् । नेकपाका नेता कार्यकर्ताहरु एक अर्काबिच खुलेरै प्रतिस्पर्धा गरिरहेका छन् ।