पचालझरना गाउँपालिका अध्यक्ष सेजुवालको पहलमा सुत्केरीको उद्धार

कालिकोट, जिल्लाको पचालझरना गाउँपालिका ७ मा सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा उद्धार गरिएको छ । गाउँपालिका अध्यक्ष सेजुवालको पहलमा सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । जिल्लाकाे पचालझरना गाउँपालिका वडा नम्बर ७ बस्ने सुशीला ऐडीलाई सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा छटपटाई रहेकी थिईन । साे सुचना पाउनसाथ सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धारका लागि अध्यक्ष सेजुवालले जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी र राष्ट्रपति महिला उत्थान कार्यक्रमा खवर दिएलगतै राष्ट्रपति उत्थान कार्यक्रमले हेलिकप्टर पठाएपछि सुग्केरी एडिको ज्यान जोगिएको बताइएको हो।

अध्यक्ष सेजुवाल अध्यक्षमा निर्वाजित भएदेखि अहोरात्र जनताको सेवामा खटिराखेका छन् । कालिकोटमा यो भन्दा अगाडि समयमै औषधि उपचार नपाउदा अकालमै धेरै सुत्केरीको ज्यान जाने गरेको थियो अहिले राष्ट्रपति उत्थान कार्यक्रम लागू भएदेखि पर्भावकारी हुँदै आएको जनाइएको छ ।