रुसले नेपाललाई २५ मिलियन डोज कोरोना खोप दिने
प्रकासित मिति : २०७७ पुस २९, बुधबार १३:२४
प्रकासित समय : १३:२४
काठमाण्डौ, रुसले कोरोना भाइरस विरुद्ध २५ मिलियन २ करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको जनाएको छ ।
रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो ।रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ ।
भारतमा खोपको परीक्षण समेत गरिने रोयटर्सले समाचारमा उल्लेख गरेको छ । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशले प्रयोग गर्न थालिसकेका छन् । स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी रुसले गरेको छ ।