नेकपाको बागमती प्रदेशस्तरीय भेला हुँदै
प्रकासित मिति : २०७७ पुस २९, बुधबार ११:४७
प्रकासित समय : ११:४७
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला आज (बुधबार) हुँदैछ ।
दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा शुरु हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।
सबै प्रदेशमा भेला सकिएपछि माघ २ गतेदेखि विरोध प्रदर्शनका कार्यक्रम शुरु गर्ने नेकपाले जनाएको छ । नेकपा (प्रचण्ड–नेपाल) ले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध कानूनी र राजनीतिक लडाईंलाई सँगसँगै अघि बढाएको छ ।