भ्रष्टाचार लुकाउन वडाध्यक्ष खत्रिले दिए सर्वसाधारणलाई धम्की

जाजरकोट, जाजरकोट शिवालय गाउपलिका वडा नं. ७ का वडाध्यक्ष बिरवल खत्रीले आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न सर्वसाधारणलाई धम्की दिने गरेको पाइएको छ । २०७५ मंसिर देखि असार मसान्तसम्म निर्माण गरिसक्नु पर्ने सोही वडामा रहेको स्वास्थ चौकीको दुई कोठे सौचालय निर्माणका लागि स्वच्छता परियोजना नामको संस्थाले रु ९ लाख ९ हजार ५०० र गाउँपालिकाले १० लाख ६८ हजार ८८५ गरेर जम्मा १९ लाख ७८ हजार ३८५ छुट्याएको थियो ।

उक्त सौचालय निर्माणको काम सकिएको करिब २ बर्ष बितिसक्दा सम्म पनि मजदुरहरुले काम गरेको पैसा पाएका छैनन् । स्वच्छता परियोजना संस्थाले सामान सहित सबै रकम चुक्ता गरिसकेको र गाउँपालिकाबाट पाउनु पर्ने रकम रु १० लाख ६८ हजार ८८५ मा जम्मा २ लाख मात्र पएको र बाकी ८ लाख ६८ हजार ८८५ रुपैया वडाध्यक्षले अहिलेसम्म नदिदा कामदारहरुलाई दिन नसकिएको उपभोक्ता समितिका अध्यक्ष मोहन बुढाले बताए ।

लामो समयसम्मा काम गरेको पैसा नपाएपछी २०७७ पौष २० गते गरिएको वडा भेलाको क्रममा कामदारहरुले काम गरेको पैसा पाउनुपर्ने माग राखेका थिए । सोही क्रममा वडाध्यक्ष खत्रीले झन उल्टै निर्माण उपभोक्ता समितिका अध्यक्ष मोहन बुढालाई धम्कि र हातपात गर्न खोजेको समेत बताईएको छ । उपस्थित सबैले उक्त रकम निर्माण समितिले पाउनु पार्ने माग राखेका थिए ।स्थानीय स्थानीय सरकार र जनप्रतिनिधिहरुको यस्ता खाले हर्कत, भ्रष्टचार विरुद्ध युवाहरुले एकजुट भएर प्रतिकार गर्ने बताएका छन् ।