बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो भएको छः मुख्यमन्त्री शाही
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो अनुभव भएको बताएका छन् । मंगलबार नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकार बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो अनुभव भएको बताएका हुन । पत्रकार संगको कुराकानीमा मुख्यमन्त्री शाहीले काम गर्न निकै कठिन भएको बताए । आफ्नो प्रदेशमा बहुुमतको सरकार पनि थियो हामिमाथि जनताको अपेक्षा पनि रहेको थियो तर केहि बिचमा बाँध लगाउने तत्वले गर्दा अपेक्षा अनुरुप काम नभएको जनाए । जनताले चुनावि घोषणा पत्र हेरेर आफ्नो अमुल्य भोट हामिलाई दिएका थिए । तर जनताको अपेक्षा अनुरुप काम नभएको कुरा बताउदै मुख्यमन्त्री शाहीले जनताको पक्षमा काम गर्न लागेको बेला बिचमा तगारो बनेर केहि पक्ष उभिएर कठिन पार्ने गरेको जनाए । रामा्रे काम गर्ने ब्यक्तिको खुट्टा तान्ने प्रबिधि हाम्रो समाजमा बिधमान रहेको र आफुलाई पनि त्यस्तै परिस्थितीको सिर्जना भएको बताए यस्ता सयौैँ कठिनाईका बावजुत पनि कर्णाली सरकारको काम कार्वाही सन्तोषजनक ढंगबाट अगाडि बढेको र यहाँको भौबोलिक बिगटताले गर्दा कर्णाली सरकारले गरेका बिकासका कामहरु नदेखिएको जनाए ।
कर्णाली प्रदेशमा थुप्रै बिद्यालयका भवन , अस्पताल , सडक , बिद्युत ,प्रहरी चौकी, प्रहरी तालिम केन्द्र, खानेपानि लगायतका संरचना निर्माण गरेको बताए । कर्णाली सरकारसंग बिकासे बजेट ९ अर्ब थियो । तर पुर्बधार बिकासले उक्त रकम खर्च गर्ने ल्याकत नराखेको आरोप पनि लगाए । कर्णाली प्रदेशका जुन ठाउमा फराकिलो सडक छ सो सडक कर्णाली प्रदेश सरकारले निर्माण गरेको जिकिर समेत गरेका छन् । कर्णाली सरकारको बिषयमा बोल्दै मुख्यमन्त्री शाहीले अब छिट्टै मन्त्रीपरिषद् पुर्नगठन गर्ने तयारीमा रहेको जनाएका छन् । मन्त्रीपरिषद् पुर्नगठन गर्दा पुरानै मन्त्रालय कायम रहेने जानकारी समेत दिएका छन् ।
प्रदेश सरकार बिघटनको बिषयमा बोल्दै मुख्यमन्त्री शाहीले राष्ट्रपतिले चाहेको खण्डमा बिघटन हुनसक्ने बताए । सोहि कार्यक्रममा केन्द्रिय राजनितिमा चासो राख्दै मुख्यमन्त्री शाहीले प्रधानमन्त्रीको कदम असंबैधानिक रहेको बताएका छन् । प्रधानमन्त्रीको यस्तो कदमले देशलाई दश बर्ष अझै पछि धकेलेको बताए । अन्तिम अबस्थामा न्यायलय गुहार्नुपर्ने अबस्था आएको र निष्पक्ष भनेको न्यायलय भएको र न्यायलयले देशलाई दुर्घटना हुनबाट जोगाउने बताएका छन् ।
पार्टि फुट्नु कुनै जटिल बिषय नभएको पनि बताए । पुरानो राजनैतिक इतिहास हेर्दापनि सजिलै पार्टिहरु एक र सजिलै बिभाजन भएको बताए । मध्यावधि चुनावले मात्र निष्कर्श दिदैन । चुनाव जो सुकैले गरेपनि यस्तै परिस्थिती रहे कुनैपनि पार्टिको बहुमत नआउने दाबि समेत गरेका छन् । नेकपा बिगत केहि समयदेखि राजनैतिक अन्यौलमा एकपछि अर्को तवरले फसिरहेको छ ।