‘नेकपा र सूर्य चिह्‍न हाम्रै हुन्छ, खोसे भने आँधीहुरी आउँछ’

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्‍न आफ्नै पक्षको हुने जिकिर गरेका छन् ।

गण्डकी प्रदेश कमिटीको आयोजना गरेको कार्यकर्ता भेलामा उनले आफूहरुसँग ७० प्रतिशत रहेकाले आफ्नै पक्षमा हुने बताए ।

“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाम्रै हुन्छ । सूर्य चिह्‍न पनि हाम्रै हुन्छ । तपाईं लेखेर राख्नुस् । कसैले खोस्‍न सक्दैन । खोस्यो भने आँधीहुरी बतास आउँछ,’ उनले चेतावनी दिए ।