चीनको सुनखानीमा विष्फोट, २२ मजदुरहरु थुनिए
प्रकासित मिति : २०७७ पुस २८, मंगलवार १२:२७
प्रकासित समय : १२:२७
काठमाडौं, चीनको एक सुनखानीमा विष्फोट हुँदा २२ मजदुर खानीमै थुनिएका छन् ।
उत्तर–पूर्वी सानदोङ प्रान्तमा आइतबार विष्फोट भएको र त्यहाँ हालसम्म पनि मजदुरहरु थुनिएको सिन्ह्वाले जनाएको छ ।
आइतबार स्थानीय समयअनुसार दिउँसो २ बजे विष्फोटन भएपछि हालसम्म पनि थुनिएका मजदुरसँग सम्पर्क हुन सकेको छैन । विष्फोटनले सञ्चार प्रणाली नै बिग्रिएको बताइएको छ । हाल मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको छ । एजेन्सी