इन्डोनेशिया विमान दुर्घटना : बोइंग ७३७ को ब्ल्याक बक्स भेटिएको दाबी
एजेन्सी, शनिबार दुर्घटनाग्रस्त भएको यात्रु विमानको ब्ल्याक बक्स समुद्रको कुन स्थानमा खसेको छ, त्यसबारे पत्ता लागेको इन्डोनेशियाका अधिकारीले जानकारी दिएका छन् । उनीहरुले सोमबार खोजी अभियान सुरु भएपछि नेवीका गोताखोरले दुबै फ्लाइट रेकर्डर्सलाई समुद्रबाट निकाल्ने बताएका छन् ।इन्डोनेशियाको नेशनल ट्रान्सपोर्ट सेफ्टी कमेटीका प्रमुख सोर्जेन्ट तजाहोनोले भने, ‘हामीले दुबै ब्ल्याक बक्सको स्थानलाई चिन्ह लगाएका छौं । अब गोताखोरले त्यसको खोजी सुरु गर्नेछन् र हामीलाई आशा छ कि त्यो भेट्टाउन धेरै समय लाग्ने छैन ।’
खोजी अभियान रात परेपछि रोकिएको थियो । अब यो सोमबार बिहानदेखि सुरु हुनेछ । यसअघि विमानका केही भाग, मृतकको मानव अंग र यात्रुका केही सामान भेटिएका छन् ।
जकार्ता प्रहरीका प्रवक्ता यूसरी यूनूले खोजी र उद्दारकार्यमा संलग्न समूहले दुईवटा ब्याग भेटेको जानकारी दिए । तीमध्ये एकमा सर सामान र अर्कोमा मानव अंग राखिएको उनले बताए । प्रहरीले पीडितको परिवारसँग डिएनए स्याम्पल र डेन्टल रकेर्ड दिन आग्रह गरिरहेको छ ता कि मानव अंगको पहिचान गर्न सकियोस् । शनिबार स्रिविजया बोइंग ७३७ जब ६२ यात्री लिएर जाँदै थियो तब उसँग अचानक सम्पर्क टुट्यो र त्यो रडारबाट गायब भयो ।स्रिविजया हवाई यात्री विमानले शनिबार स्थानीय समय अनुसार दिउँसो दुई बनेर ३६ मिनेटमा जकार्ता हवाई अड्डाबाट उडान भरेको थियो ।यातायात मन्त्रालयका अनुसार केही मिनेटपछि दुई बजेर ४० मिनेटमा विमानसँग अन्तिम पटक सम्पर्क गरेको थियो । बोर्नियो द्वीपको पश्चिममा रहेको पोन्तिअनकका लागि सामान्य उडान ९० मिनेटको छ ।
नेशनल सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रमुख एयर मार्शल ब्यागस पुरुहितोका अनुसार विमानले कुनै संकटको संकेत पठाएको छैन । एक फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल खसेको छ । प्रत्यक्षदर्शीले उनीहरुले कम्तीमा एउटा विस्फोट देखेको र सुनेको जानकारी दिए । बीबीसी