ओली आसेपासेलाई चलाउन माहिर छन्ः अध्यक्ष नेपाल
प्रकासित मिति : २०७७ पुस २७, सोमबार १७:००
प्रकासित समय : १७:००
काठमाडौं, नेकपाका अध्यक्ष माधव कुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आसेपासेलाई चलाउन माहिर रहेको जनाएका छन् । सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् ।
कसैले ‘बा’ भनेर सम्बोधन गरे मख्ख पर्ने ओलीको बानी रहेको नेपालको भनाई रहेको छ । केपी ओलीलाई मख्ख पार्नुपरेमा बा भनेर सम्बोधन गरिदिए पुग्छ । नेपालले भने उहाँ आसेपासेलाई चलाउन माहिर पनि हुनुहुन्छ ।
ओलीले सानो गुट सञ्चालन गरेको भन्दै आफ्नो पक्ष नै आधिकारिक पक्ष रहेको नेपालको दाबी छ ।