नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस २७, सोमबार १६:५७
प्रकासित समय : १६:५७
काठमाडौँ, नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८८ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५८ हजार ९६८ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय २७ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।