भारतले आइएसआइएसलाई मद्दत गरिरहेको पाकिस्तानको आरोप
प्रकासित मिति : २०७७ पुस २७, सोमबार १६:४०
प्रकासित समय : १६:४०
एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् ।
इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार पाकिस्तानको सुरक्षा एनेन्सीले भारतको साम्प्रदायिकता फैलाउने उद्देश्यलाई सफलतापूर्वक विफल पारेको छ ।
इमरान खानले भने, ‘दुर्भाग्यले चरमपन्थी हजारा कार्यकर्तालाई कम जनसंख्या भएको क्षेत्रमा निशाना बनाइरहेका छन् ।
उनका अनुसार अघिल्ला सरकारले बलूचिस्तानमा जति ध्यान दिनु पर्दथ्यो त्यति दिइएन र सधैं बलूच सरदारसँग साँठगाँठ बनाउनेमा जोड दिइयो ।
प्रधानमन्त्री इमरान खानले उनको सरकारले बलूचिस्तानका सर्वसाधारणको जीवनस्तर उकास्नका लागि बलूचिस्तानको सामाजिक आर्थिक विकासमा ध्यान केन्द्रीत गरेको जानकारी दिए ।