पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सुर्खेतमा निकालियो र्याली
सुर्खेत, सुर्खेतको बिरेन्द्रनगरमा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपाल र बिर गोर्खाली समुहले र्याली निकालेका छन्। सोमबार बिरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु गरिएको उक्त र्याली वजार परिक्रम गर्दै पिपल चौतारा पुगेर कोण सभामा परिणत भएको हाे । दिउसो ११ वजे तोकिएको र्याली समयमा सुरु नभएर दुई घण्टा ढिला भएको थियो ।र्याली सुरु गर्दा आयोजक दुई समुहबिच केहि समय बिवाद सिर्जना भएको थियो । राप्रपाले उक्त र्यालीमा आफ्नो पार्टिको झण्डा प्रयोग गर्दा गोर्खाली समुहले अस्विकार गरेको थियो । झण्डा प्रयोगकै बिषयमा कार्यकर्ताविच विवाद उत्पन्न भई गोर्खाली समुहका कार्यकर्ताले राप्रपा नेपाल पार्टिको झण्डानै खोसेका थिए । यो कार्यक्रम सबै नेपालीको भएको , यसमा देशभरका सम्पुर्ण पार्टिका कार्यकर्ता आबद्ध भएको , यो एउटा नेपालीको राष्ट्रिय पर्ब भएकोले यसमा कुनैपनि पार्टिको झण्डा झुकाउनु नहुने र सिंगो नेपालको राष्ट्रिय झण्डा मात्र प्रयोग गर्नुपर्ने गोर्खाली समुहका कार्यकर्ताले दाबि गरेका थिए ।
उता राप्रपा नेपालले भने राजतन्त्र रक्षाको निम्ति राप्रपा नेपालले अग्रनी भुमिका खेलेको दाबि गर्दै कार्यकर्ताले जर्बजस्ती झण्डा प्रयोग गरिरहेका थिए । यहि झण्डा प्रयाेगको बिवादले गर्दा बिहान ११ वजेको लागि तोकिएको र्याली २ घण्टा ढिला सुरू भएको थियो । केहि समय पछि आ-आफ्नो ढंगबाट र्याली अगाडि बढाईएको थियाे । र्यालीमा राजा आउ देश बचाउ , राजतन्त्र जिन्दाबाद , हिन्दु राष्ट्र जिन्दाबाद , राष्ट्रिय प्रजातनत्र पार्टि जिन्दाबाद जस्ता नारा लगाएको थियो ।
पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२ र ०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियाे। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाेडेपनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम गरी हरेक वर्ष मनाउने गरिएको छ ।