भैँसी चोेरेर २४ वर्ष देखी फरार व्यक्ति पक्राउ

सप्तरी, भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका(४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

फाईल तस्बिर

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

डिएसपी साहका अनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।

पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।