पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्यालीमा प्रहरीको हस्तक्षेप
प्रकासित मिति : २०७७ पुस २७, सोमबार १५:३६
प्रकासित समय : १५:३६
काठमाडौँ, पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
माल्यार्पणका लागि सहभागीहरु र्यालीसहित सिंहदरबार पश्चिम गेट तर्फ आउँदै गर्दा प्रहरीले रोकेपछि तनाव उत्पन्न भएको हो । र्यालीमा राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायत पनि उपस्थित छन् ।
सडकपेटीमा हिँड्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ।सो क्षेत्रमा हाल प्रहरीको तैनाथी बढाइएको छ ।