ओली समूहको केन्द्रीय कमिटी सङ्ख्या १५०१

काठमाडौँ, नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको सङ्ख्या १५०१ पुगेको छ । असंवैधानिक कदमका साथ संसद् विघटन भएपछि दुई चिरामा विभाजन भएको नेकपामा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखि विधानमा दोस्रो पटक संशोधन गरी कमिटीको आकार बढाएका हुन् ।

नेकपा एकता हुँदा ४४१ सदस्यीय कमिटीको थियो । यही पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ। ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटी विस्तार गरेको पनि बताइएको छ ।केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ ।

यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’ जारी अपानिमा भनिएको छ, ‘अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकार उहाँले एकीकरणका बाँकी काम सम्पन्न गर्ने दायित्व पूरा गर्न नसकेको, पार्टीको एकता महाधिवेशनको तयारीका काम अगाडि बढाउन नसकेको तथा पार्टी एकतालाई सुदृढ गर्नुभन्दा विभाजनकारी गतिविधिलाई प्रश्रय दिएको हुनाले फिर्ता गरिएको छ । पार्टी अध्यक्षका सबै कार्यकारी अधिकार अब प्रथम अध्यक्ष कमरेड केपी शर्मा ओलीमा निहित रहनेछन् ।