कोहलपुरमा पूर्व जनमुक्ती सेनाको भेटघाट हुने
प्रकासित मिति : २०७७ पुस २६, आईतवार २३:०४
प्रकासित समय : २३:०४
कोहलपुर, बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेटघाट कार्यक्रम हुने भएको छ ।पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली शोमबार कोहलपुरमा पूर्व जनमुक्ती सेनाहरु एकत्रित हुने भएका हुन ।
कोहलपुरको शहिद स्मृती भवनमा हुने कार्यक्रममा पुर्व जनमुक्ति सेनाका कमान्डर जनार्दन शर्मा प्रभाकर, कमाण्डर जिवन बहादुर बुढा लगायतको सहभागिता रहने बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन बिरुद्ध रणनिति तय गर्नकालागि पूर्व जनमुक्ति सेनाहरुको भेला आयोजना गरीएको पूर्व पिएलए नेपाल बाँकेले जनाएको छ ।
दिउसो २ बजेबाट सुरु हुने भेलामा सहभागी हुन पुर्व जनमुक्ति सेनामा आवद्ध सबैलाई आह्वान गरीएको छ ।