कैलालीमा रोकियो कोरोना परीक्षण
प्रकासित मिति : २०७७ पुस २६, आईतवार १७:१२
प्रकासित समय : १७:१२
धनगढी, कैलालीमा कोरोना भाइरस परीक्षण रोकिएको छ । परीक्षणका लागि स्वाब सङ्कलन नहुँदा परीक्षण रोकिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
शनिवार जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले पर्याप्त स्वाब सङ्कलन गर्न नसक्दा परीक्षण हुन नसकेको हो । केही समय अघि सम्म ३ अङ्कमा सङ्क्रमित फेला पर्ने गरेको भए पनि पछिल्लो समय कैलालीमा दुई अङ्क संक्रमित फेला परिरहेका थिए ।
तर आइतबार नयाँ सङ्क्रमितको सङ्ख्या शून्य रहेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।२५ र ३० स्वाब मात्रै थिए त्यसैले परीक्षण भएन सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने स्वाबहरू थप भएपछि आज परीक्षण गरिएको छ ।