नेपालमा थप २५९ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस २६, आईतवार १६:२२
प्रकासित समय : १६:२२
काठमाडौँ, नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५८ हजार ४४१ संक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय १७ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।