न्यायालयमा जागिर खानेबित्तिकै अहिले सडकबाट फैसला गर्नेः प्रधानमन्त्री ओली

काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले केही पूर्वप्रधानन्यायाधीश, नागरिक समाजका अगुवा र वुद्धिजीवीहरुले आफ्नो हैसियतको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन्।आइतवार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीश, नागरिक समाजका अगुवा र वुद्धिजीवीहरुले राजनीतिक पक्षधरताका आधारमा अदालतदलाई दबाब दिने काम गरेकोसमेत बताए ।

‘स्वतन्त्र देखिने, नागरिक समाज भनिने, वुद्धिजीवी भनिने अनि पक्षधरताका साथ आफ्नो हैसियतको दुरुपयोग गरेर न्यायलयलाई दबाबमा पार्न खोज्ने रु’ ओलीले भने, स्वतन्त्र न्यायालयलाई दबाब दिने मनसायले काम गर्नुभएको छ, राजनीतिक पक्षधरताको हिसाबले काम गर्नुभएको छ । स्वतन्त्र नागरिक भनिने पक्षधरताका साथ दुरुपयोग गरेर न्यायालयलाई दबाबमा पार्ने काम भएको छ’ ।

उनले केही पूर्व प्रधानन्यायाधीशहरु सडकमा ओर्लेर न्यायालय ललकारी रहेको आरोप लगाए। उनले पहिले जागिर खाएका न्यायाधीशहरुले अहिले पनि आफू नै न्यायाधीश हुँ कि झै गरेर सडकबाट फैसला गरेको बताए।‘केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि आफैँ न्यायालयमा छु भनेर सडकबाट फैसला गर्ने रु, मलाई अचम्म लाग्छ, उहाँहरूको समयमा कस्तो न्याय दिनुभएछ होला रु सडकमा ओर्लेर स्वतन्त्र न्यायालयलाई उहाँहरूले ललकारिरहनुभएको छ ।