नेकपाको सचिवालय बैठक आज बस्दै
प्रकासित मिति : २०७७ पुस २६, आईतवार १४:०५
प्रकासित समय : १४:०५
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ ।
आजको बैठकमा आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर असंवैधानिक कमद चालेपछि नेकपा हाल विभाजन भएको छ ।
जसमा प्रचण्ड र नेपालको बहुमत पक्ष संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा छ ।