राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले बताएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने भएपनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका थिए ।यस्तै, प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन् । प्रतिनिधिसभा विघटनपछि पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएको थियो । 

सरकारले माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।