मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो
प्रकासित मिति : २०७७ पुस २६, आईतवार १३:१८
प्रकासित समय : १३:१८
काठमाडौँ, मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक केहीबेर बसेर सम्पन्न भएको हो ।
आइतबार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो । आजको बैठकमा के निर्णय भयो भन्नेबारे खुलेको छैन ।यस्तै, प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन् ।
प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्न लागेका हुन् ।