प्रधानमन्त्रीले ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रकासित मिति : २०७७ पुस २६, आईतवार १२:१२
प्रकासित समय : १२:१२
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ ।
आजको बैठकमा छलफल हुने एजेन्डाबारे कुनै जानकारी भने भएको छैन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो ।यस्तै, प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन् ।
प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्न लागेका हुन् ।