क्रिकेटर कुन्दनसिंह राजपूतको निधन
प्रकासित मिति : २०७७ पुस २६, आईतवार ११:५९
प्रकासित समय : ११:५९
काठमाडौँ, नेपाली क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ । दुवै मिर्गौलामा समस्या देखिएका राजपूतको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा राजपूतले नियमित डाइलासि गराउँदै आएका थिए ।दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा कुन्दनले प्रदेश २ बाट खेलेका थिए ।
आर्थिक अवस्था कमजोर भएका उनलाई बचाउन ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाईएको थियो ।