हेटौँडामा एकजना पुरुष मृत फेला

मकवानपुर, हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।