तस्कर विरुद्ध कठोर बन्दै बाँके प्रहरी, अवैध रुपमा नेपाल भित्रिएको माछा बरामद
नेपालगन्ज, बाँके प्रहरीको सक्रियताले तस्करी नियन्त्रणमा ठुलो सफलता हात लागेको छ । शुक्रबार राती भारतबाट नेपाल भित्रिन लागेको १२ कुक्विन्टल अवैध माछा बाँके प्रहरीद्धारा बरामद गरिएको हो ।

माछा सहित बरामद गरिएको भ्यान
वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज तथा प्रहरी निरिक्षक डिल्लि खड्का सहितको टोलिले गय राति १ बजेको समयमा अवैध रुपमा भारतबाट लु १ च ७३४० नम्वरको टाटा पिकअप भ्यानमा गोरुसिंगेबाट नेपालगन्ज हुँदै सुर्खेत लैजान लागेको अवस्थामा माछा सहित बरामद गरेको हो ।
नियन्त्रणमा लिएको उक्त १२ क्विन्टल अवैध माछाको खरिद प्रक्रियाको कागजातहरु नमिलेको प्रहरी निरिक्षक खडकाले बताए ।
उक्त भ्यान सहित अवैध माछालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी नेपालगञ्ज क्वारेन्टाइन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए ।