नेकपा कोहलपुर नगर कमिटीद्धारा प्रधानमन्त्री ओलि विरुद्ध आन्दोलनको घोषणा
कोहलपुर, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कोहलपुर नगर कमिटीद्धारा प्रधानमन्त्री केपि शर्मा ओलि विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
पौष ५ गते प्रधानमन्त्री ओलिले एकलौटी रुपमा संसद विगठन गरेको भन्दै प्रचण्ड-नेपाल पक्षिय नेता-कार्यकर्ताहरुले विरोध जनाएका हुन ।
जनअनुमोदित संसद विगठन गरेर प्रधानमन्त्री ओलिले प्रतिगमन लादेको भन्दै देशब्यापी रुपमा प्रचण्ड-नेपाल समुहले आन्दोलनमा गरिरहेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, प्रतिगामी र कम्युनिष्ट आन्दोलन विरोधी भएकोले उक्त कदम विरुद्ध संघर्षमा उत्रिनु परेको कोहलपुर नगर कमिटीका सचिब तुलाराज बिष्ट ‘बिहानी’ले बताए ।
ओलिले फासिबादी शैलिमा गरेको उक्त संसद बिगठन विरुद्ध कोहलपुरमा पनि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको उनले बताए ।
जसमा पौष २६ गते सडक संबिधान बाचन, पौष २८ गते कोहलपुर नगरपालिका १५ वटै वडाहरुमा कालो झण्डा गाडने र प्रतिगामी कदम विरुद्ध व्यानर राख्ने, माघ २ गते सवै वडाहरुमा विरोध प्रदशन, ५ गते कोहलपुर नगरपालिका अघाडी विरोध प्रदशन र त्यसैगरी माघ १० गते कोहलपुरमा मोटरसाइकल र्यालिको समेत कार्यक्रम रहेको नगर सचिब बिष्टले जानकारी दिए ।

