पूर्व प्रधानन्यायाधीशले जागिर खाएकै भरमा सडकबाट फैसला दिनेः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आक्रोश व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहनिकट युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायालयमा जागिर खाएकै भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै प्रश्न गरेका हुन् ।
उनले सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले अदालतलाई धक्याउन नसुहाउने पनि बताएका छन् ।‘न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ? उनले भने सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।
उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । ‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ?स्वार्थीलाई संकट पर्छ, देशलाई होइन, उनले भने, ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन् ।