मधेशमा पक्षमा काठमाडौँमा ओली समूहको धोती जुलुस

काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’ निकालिएको छ । शनिबार ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा मधेसका बासिन्दाले धोती, कुर्ता, गम्छा लगाएर र्‍याली निकालेका हुन्।

प्रदर्शनकारीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएका ब्यानर बोकेका छन् ।कुनैसमय मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्न पछि नपर्ने ओली समूह हाल पार्टीमा अल्पमतमा परेपछि मधेशमा आफ्नो ठाउँ बनाउन ‘धोती जुलुस’ निकालेको हो ।

ओलीले संसद् विघटन गरेर असंवैधानिक कदम चालेपछि नेकपा विभाजन भएको छ । ओली समूह हाल अल्पमतमा छ । त्यसैको लागि सांगठनिक रुपमा प्रदेश २ मा कमजोर रहेका ओलीले त्यहाँ आफ्नो समूहलाई बलियो बनाउनका लागि विभिन्न उपायहरु अपनाउँदै आएका छन् ।