ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा
काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको दाबि गरेका हुन् ।
‘प्रधाननमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो ।’ उनले भने । क्रान्तिकारी भए अविश्वासको प्रस्ताव सामना गर्न सक्नुपर्ने उनको भनाई रहेको थियो । यस्तै, थापाले प्रधानमन्त्री ओलीलाई खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिएका छन् । ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।
’ उनले भने । ओलीले शुक्रबार संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए ।थापाले नेकपा बहुमत पक्षलाई खतरा देखिरहँदा ‘कहाँ हुनुहुन्थ्यो रु’ भनी प्रश्न पनि गरेका छन्। आफूहरुले भनेकै समयमा प्रधानमन्त्री ओलीका गतिविधि सच्याएको भए प्रचण्ड९माधवले माइतीघरको सडकमा पुगेर ‘हामी यहाँ छौं’ भन्ने अवस्था नआउने उनको भनाइ थियो ।