ओलीले नेपालको संविधानको बलात्कार गरेः झलनाथ खनाल
प्रकासित मिति : २०७७ पुस २५, शनिबार १७:४३
प्रकासित समय : १७:४३
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्न नसकेको जनाएका छन् ।
शनिबार सम्पर्क समन्वय कमिटीले चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले विश्वास गरेर प्रधानमन्त्री र अध्यक्ष बनाएपनि ओलीलाई चिन्न नसकेको बताएका हुन् । प्रधानमन्त्रीको कुर्सिमा पुगेपछि ओलीले पार्टी बिर्सेको उनको भनाई छ ।
नेता खनालले प्रधानमन्त्री ओलीले आफैँले हस्ताक्षर गरेको संविधानलाई बलात्कार गरेको पनि बताएका छन् । प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएपनि संसद् विघटन गरेर संविधानको बलात्कार गरेको उनले बताए । ओलीले राजनीतिक र संवैधानिक निकायमा आफू अनुकुल नियुक्ति दिएको र ति निकायमा निरंकुशतालाई बढावा दिएको पनि खनालको दाबी छ।