काठमाडौँमा सुर्खेतका एक दम्पती मृत फेला

काठमाडौं, टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । श्रीमती आफ्नो डेराको बाहिरपट्टि झुन्डिएको र उनका श्रीमान् आफ्नै डेरामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ ।

टोखा नगरपालिका ३ स्थित ग्रिनभिला हाउजिङमा खगेन्द्र सुवेदीको साढे दुइतले घरको पहिलो तलामा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ की सुदीक्षा गिरी सोही कोठाको बाहिरपट्टि झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

भित्र कोठाको ओछ्यानमा उनका श्रीमान् ३३ वर्षका उमेश केसी पनि मृत फेला परेको प्रहरीले जनाएको छ ।शुक्रबार राति ८ः४० मा उक्त घटनाका बारेमा खबर आएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।