ओली समूहले निकाल्यो काठमाडौंमा र्याली
प्रकासित मिति : २०७७ पुस २५, शनिबार १३:४७
प्रकासित समय : १३:४७
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले काठमाडौंमा र्याली निकालेको छ ।
शनिबार दिउँसो ओली समूहको युवा संघ बागमती प्रदेश कमिटीले भक्तपुर सूर्यविनायक भुलाँचा चोकबाट बाइक र्याली निकालेको हो ।
र्याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने जनाइएको छ। भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।