देशव्यापी संसद विघटनको विरोधमा कांग्रेस आज प्रदर्शनमा

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले आज ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको प्रदर्शनीमार्गमा आज बृहत विरोध सभाको पनि आयोजना गरिएको जानकारी दिएका छन् । उनले अपरान्ह दुई बजे जुट्ने र प्रधानमन्त्रीलाई आजको समयले बहसको माग गरेका दर्जन प्रश्न सोध्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक कदम भन्दै आएको छ । यसअघि यसको विरोधमा कांग्रेसले पुस १३ गते देशव्यापी प्रदर्शन गरेको थियो ।