नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस २५, शनिबार १७:३९
प्रकासित समय : १७:३९
काठमाडौँ, नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३६२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५७ हजार ९२८ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय १२ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको छ ।