लायन्स क्लवद्धारा खाद्य तथा शैक्षिक सामाग्री वितरण
कोहलपुर, कोहलपुरमा क्षेत्रमा सक्रिय लायन्स क्लवहरुले खाद्य तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बिच लायन्सका सस्थापक मेल्भिन जोन्सको १४२ अौँ जन्मजयन्तीको अवसरमा आयोजित सप्तहव्यापी गरिने कार्यक्रम अन्तरगत क्रियासिल पाच वटा क्लवहरुले संयुक्त रुपमा खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेका हुन ।
कोहलपुर नगरपालिका वडा.न. १२ चप्परगौडी स्थित रामजानकी मन्दिरमा रहेका ६० बटुकहरुलाई खाद्य तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता जोन चियरप्रसन चन्डि गैरेले गर्नुभयो भने स्वागत मन्तव्य भने लायन्स क्लवअफ कस्तुरीकी अध्यक्ष संगीता सुवेदीले राख्नु भयो ।
उक्त कार्यक्रममा पुर्ब गभर्नर श्याम शाक्य र मन्दिरका मुख्य पुजारी हरिप्रसाद अर्यालले समेत मन्तव्य राख्नुभएको थियो । यस कार्यक्रममा कोहलपुरमा सक्रिय रहेका पाचै वटा कल्बका अध्यक्ष, सदस्य, पदादिकारिहरु र लाइन्स लिडरहरु चिन्तामणि धिताल र मुकुट ढकालको समेत सहभागीता रहेको थियो ।


