नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५५४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५७ हजार २२९ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय ९ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।