गणतन्त्रका लागि १४ वर्ष जेल बसेको मै हुँः प्रधानमन्त्री ओली

धनगढी, प्रधानमन्त्री केपी ओलीले ५० वर्षअघि गणतन्त्रका लागि मैदानमा उत्रिएकोले १४ वर्ष जेल बसेको बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ । गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन् ।

५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो र रु गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ ।