ईश्वर पोखरेलका सम्धीले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट दिए राजीनामा
प्रकासित मिति : २०७७ पुस २४, शुक्रबार १४:३४
प्रकासित समय : १४:३४
काठमाडौं, प्रा डा उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक पदबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले अध्यक्षमा धनीराम शर्मालाई चयन गरेपछि कोइरालाले सञ्चालक समितिबाट राजीनामा दिएका हुन् ।
नवनियुक्त अध्यक्ष शर्माले बिहिबार नै गभर्नर महाप्रसाद अधिकारीबाट शपथ ग्रहण गरिसकेका छन् । शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिवसमेत हुन् ।कोइराला उपप्रधानमन्त्री ईश्वर पोखरेलको सम्धी हुन् ।
उनलाई अध्यक्ष बनाउने चर्चा भएपछि त्यसको सर्वत्र विरोध भएको थियो ।