नेपाली जनताले लडेर ल्याएको अधिकार प्रधानमन्त्री ओलीले खोसेः नारायणकाजी श्रेष्ठ

काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोसेको राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले जनाएका छन् । शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले ओलीको कदम असंवैधानिक अलोकतान्त्रिक र प्रतिगामी भएको बताएका छन् ।

‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्रै होइन, यो अलोकतान्त्रिक हो, यो प्रतिगामी हो र यो स्वेच्छचारी र निरंकुश कदम हो, यसले नेपालमा नेपाली जनताले लडेर ल्याएको उपलब्धीहरुलाई खोस्ने र अपहरित गर्ने काम गरेको छ। श्रेष्ठले भने ।श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेमा व्यवस्था नै जाने खतरा उत्पन्न हुने विश्वास गरे ।

सर्वोच्चले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई सदर गरेमा त्यो संबिधान विपरित हुने र व्यवस्था नै समाप्त हुने खतरा उत्पन्न हुने चेतावनीसमेत दिए । सर्वोच्चले संबिधान संशोधन गर्ने प्रयास गर्यो भने यो संबिधान कागजको खोष्टोमा परिणत हुने र समग्र व्यवस्था नै खतरामा पर्ने हुनसक्ने उनको भनाई छ ।