मास्क लगाएका मान्छेको अनुहार सजिलै चिन्ने प्रविधि बजारमा आउदै

काठमाण्डौ, कोरोनाकाल शुरु भएपछि मानिसहरुले भोग्नु परेको एउटा समस्या हो–अर्काको अनुहार नचिन्ने । मास्क नलगाए कोरोना सर्ने डर, लगाए मान्छे नचिनिने डर । यसले गर्दा शान्ती सुरक्षामा पनि चुनौति थपिएको थियो ।

तर, अव त्यस्तो समस्या भोग्नु नपर्ने भएको छ । जापानी कम्पनी एनईसीले मास्क लगाएका मानिसहरूको अनुहार चिन्नसक्ने एउटा नयाँ प्रविधि ल्याएको छ । र त्यो प्रविधि केही दिनपछि नै बजारमा ल्याउन लागिएको जानकारी कम्पनीले दिएको छ ।यो प्रविधिको उपकरणले मास्क लगाएको मानिसको अनुहारलाई सजिलै देखाइदिन्छ ।

एक सेकेन्डभन्दा पनि कम समयमा यो प्रविधिले मानिसको पहिचान गर्नसक्छ । कम्पनीको सहायक प्रबन्धक शिनिया ताकाशिमाले रोयटर्सलाई दिएको जानकारी अनुसार उक्त प्रविधीले मानिसहरूलाई कैयौँ अवस्थामा सिधैँ अनुहार देखाउनु पर्ने अवस्थाबाट मुक्ति दिनेछ ।