राष्ट्रिय सभा बैठक आज पनि बस्दै

काठमाडौँ, राष्ट्रिय सभा बैठक आज पनि बस्ने भएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत तेस्रो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ ।

आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६र७७ सभासमक्ष पेश हुने कार्यसूची रहेको छ। उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गर्नेछिन्।

राष्ट्रियसभा बैठक बिहीबार पनि बसेको थियो । उक्त बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो ।