प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री भट्ट नजाने
प्रकासित मिति : २०७७ पुस २४, शुक्रबार १३:२१
प्रकासित समय : १३:२१
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नजाने भएका छन् ।
औपचारिक जानकारी नरहेको कारणले मुख्यमन्त्री भट्ट धनगढी विमानस्थलमा स्वागत गर्न नजाने मुख्यमन्त्रीको कार्यालयले बताएको छ ।मुख्यमन्त्री कार्यालयलाई प्रधानमन्त्री केपी ओली आउने औपचारिक सूचना अहिलेसम्म आएको छैन । त्यसैले मुख्यमन्त्री ज्यू उनको स्वागतका लागि जानुहुँदैन ।ु मुख्यमन्त्रीको कार्यालयले भन्यो ।
पार्टी विभाजनपछि आफ्नो समूहद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न ओली शुक्रबार धनगढी जान लागेका हुन् । असंवैधानिक कदमका साथ प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन् ।