कोरोनाबाट जोगाउनका लागि थप दुई औषधी भेटिए
विशेषज्ञले यी औषधी बेलायतमा पहिले देखि नै उपलब्ध भएकोले यसको तुरुन्त प्रयोग गरेर सयौंको ज्यान बचाउन सकिने बताएका छन् ।बेलायतको अस्पतालमा ३० हजारभन्दा बढी कोरोनाका बिरामी छन् । यो आँकडा गत वर्ष अप्रिलको तुलनामा ३९ प्रतिशत बढी छ ।
बेलायत सरकारले औषधी निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलुजमेब र सरिलुमेब औषधी उपलब्ध रहोस् भनेर लगातार सम्पर्क स्थापित गरिरहेको छ । ज्यान बचाउनुका साथै यो औषधी प्रयोग गरिएका बिरामी चाँडै निको भइरहेका छन् र गम्भीर रुपमा बिरामीलाई पनि एक हप्ता मात्रै आइसीयूमा राखे पुग्ने भएको बताइएको छ ।
प्रतिदिनको अस्पताल खर्चभन्दा कममा औषधीः
दुबै औषधी उत्तिकै असरदार छन् । र यो सस्तो एस्टेरोयड डेक्सामेथासोनसँग अझ बढी असरदार छ । यद्यपि, औषधी सस्तो छैन । यसको मूल्य प्रति बिरामी ७५० पाउन्ड (१ लाख १९ हजार रुपैयाँ) देखि १००० पाउन्ड (१ लाख ५८ हजार रुपैयाँ) को बीच आउँछ जुन डेक्सामेथासोनको पाँच पाउन्ड (लगभग ८ सय) को कोर्सभन्दा कयौं गुणा बढी छ ।
यद्यपि, विशेषज्ञका अनुुसार यी खोप लगाउनुको फाइदा यो हो कि यो आइसीयूमा प्रतिदिन हुने बेड खर्चभन्दा कममा उपलब्ध छ । आइसीयूको प्रतिदिन शुल्क २००० पाउन्ड (३ लाख १७ हजार रुपैयाँ) छ ।
मुख्य शोधकर्ता तथा इम्पेरियल कलेज लण्डनका प्रा. एन्थनी गार्डोनले भने, ‘हरेक १२ बिरामी जुन यी औषधीबाट निको हुनेछन्, उनीहरुले एउटा जीवन बचाउन सक्नेछन् । यो निकै प्रभावकारी छ ।’
बेलायतमा समेत भिन्न ६ देशमा आइसीयूका करिब ८ सय बिरामीमा रिम्याप–क्याप ट्रायल भयो । स्ट्यान्डर्ड केयरमा राखिएका करिब ३६ प्रतिशत कोभिड बिरामीको मृत्यु हुन्छ ।
आइसीयूमा भर्ना भएको २४ घण्टाभित्र नयाँ औषधी दिँदा मृत्युको आँकडा एक चौथाई घटेर २७ प्रतिशत भयो । एनएचएसका नेशनल मेडिकल डायरेक्टर प्रा. स्टिफन पाविसले भने, ‘कोरोना बिरामीको मृत्युको आँकडामा कमी ल्याउनका लागि अब अन्य औषधी पनि आइसकेका छन् । यो निकै खुसीको कुरा हो र कोरोनाभाइरसविरुद्ध लडाईंमा एक सकारात्मक कदम हो ।’
सरकारले निर्यातमाथि लगायो रोकः
बेलाष्तका स्वास्थ्यमन्त्री म्याट हेनककले भने, ‘बेलायतले समय–समयमा प्रमाणित गरिसकेको छ र अझै भन्दै छ कि ऊ आफ्ना बिरामीका लागि सबैभन्दा आशाजनक र उत्कृष्ट उपचार दिन अग्रस्थानमा छ ।’
यद्यपि, यी औषधीले खतरा पनि निम्त्याउन सक्छ । कोभिड बिरामीलाई अत्यधिक मात्रामा यो औषधी दिँदा यसले फोक्सो र अन्य अंगमा क्षती पुर्याउन सक्छ । डाक्टरले डेम्सामेथासोन दिँदा पनि बिरामीको अवस्था गम्भीर छ र जसलाई अत्यधिक हेरविचारको आवश्यकता छ, उनीहरुलाई मात्रै यो औषधी प्रदान गर्न सल्लाह दिइरहेका छन् । टोसिलिजुम्याब र सरिलूम्याब, यी दुबै औषधीको निर्यातमा सरकारले रोक लगाएको छ ।