पचालझरनामा काग्रेशका वडाध्यक्ष उमेदवार सहित दुई दर्जन बढी नेकपामा प्रबेश

कालिकोट, कालिकोटमा काग्रेशका वडाध्यक्षका उमेदवार सहित दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।बिहिवार पचालझरना गाउँपालिकाको जारकोटमा आयोजित कार्यक्रमबाट गएको स्थानिय निकायको निर्वाचनमा नेपाली काग्रेशबाट वडा नं ४ को वडाध्यक्षको उमेदवार बनेका बिष्णुलाल न्यौपाने सहित दर्जन बढी कार्यकर्ता नेकपामा प्रबेश गरेका हुन ।साथै नयाँ शक्तिका गाउँपालिका उमेदवार सिंह एेडी, नेपाली काग्रेश वडा नं २ का सचिब गोबिन्द कठायत, मानबहादुर कठायत, धिर बहादुर कठायत, रङ्गलाल तिरुवा, वडा नं. ३ का महाजित थापा, जनम कठायत, सर्प कठायत, जौकला एेडी, जनेश एेडी, गौरा कठायत, पदम बस्नेत, जयरर्ण बस्नेत र एेन बहादुर थापा रहेका छन् ।
त्यसैगरी राजन सेजुबाल, भावना विक, तौरा कामी, रति न्यौपाने, पुरान्द न्यौपाने, सर्पलाल सन्ज्याल, अभिलाल सन्जयाल र बिरलाल सन्जयाल, नेकर बोगटी, धनसरा कठायत नेपाली काग्रेश परित्याग गरि नेकपामा प्रबेश गरेका छन ।

काग्रेश लगायत विभिन्न पार्टीबाट प्रवेश गर्ने नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अथिति समेत रहेका नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कालिकोट जिल्ला अध्यक्ष धनजित शाही र पचालझरना गाउँपालिका अध्यक्ष खडलराज सेजुवालले अवीर लगायर स्वागत गरेका छन् ।