नेपालगन्जमा प्रधानमन्त्री ओलिको पुत्ला दहन
प्रकासित मिति : २०७७ पुस २३, बिहीबार २१:५९
प्रकासित समय : २१:५९
नेपालगन्ज, प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालगन्जमा पुत्ला दहन गरिएको छ ।बिहिवार संसद विघटन बिरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड(माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले नाराबाजी सहित पुत्ला दहन गरेका हुन् ।
पुष ५ गते प्रधानमन्त्री ओलिले संसद बिगठन गरेर कदमका बिरुद्ध उनिहरुले चर्को नाराबाजी समेत गरेका थिए ।
संगठनको केन्द्रीय संघर्षका कार्यक्रम अनुसार ओलिको फासिबादी, प्रतिगमनकारी र अलोकतान्त्रिक कदम बिरुद्ध संगठनले बाँके लगायत देशैभर आज पुत्ला दहनको कार्यक्रम राखिएको अनेरास्ववियूका केन्द्रीय सदस्य राजेन्द्र बिष्टले जानकारी दिए । त्यसैगरी पौष २४ गते देशैभरका जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुखजिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईने कार्यक्रम रहेको पनि बिष्टले जानकारी दिए ।