मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र होः अध्यक्ष सेजुवाल
कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र रहेको बताएका छन ।
पचालझरना गाउँपालिका जारकोटमा आयोजित बिरोध सभामा बोल्दै अध्यक्ष सेजुवालले संघिय गणतन्त्र नेपाल बिकासको मुख्य आधार गणतन्त्र रहेको बताए ।
अध्यक्ष सेजुवालले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर मुलुकलाई अस्थिरता तर्फ धकेलेको जिकिर गरे । देशलाई समृद्धिको नारा दियर अस्थिरता तर्फ धकेलेर ओलीको कदमले सबैलाई निराश बनाएको उनको भनाइ रहेको थियो ।
नेकपालाई दिएको मतलाई ओलीले अपमान गरेको जनाउदै अध्यक्ष सेजुजालले ओलीको यस्तो गैर जिम्बेजारी हर्कतको डटेर सामना गर्ने पनि बताएका छन । प्रधानमन्त्री ओलीले अहिले दम्बको आधारमा राज्य संचालन गर्न खोजिरहेको पनि आरोप लगाएका छन् ।
सो कार्यक्रममा नेकपा कालिकोटका अध्यक्ष धनजित शाही (आदर्श) लगायत जिल्लाका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियोे । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेपछि नेकपा फुटको संघारमा पुगेको छ । प्रचण्ड- माधब र ओली समुहले केहि समयदेखि ठाउँठाउमा छुट्टाछुट्टै भेला समारोह गरिरहेका छन् ।