अछाममा भिरबाट लडेर महिलाको मृत्यु

अछाम, अछाममा जिल्लामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।बिहीबार जिल्लाको कमलबजार नगरपालिका वडा न. ५ कुईकाकी ४८ वर्षिय बिशु टमट्टाको आज दिउसो तिर भिरबाट लडेर ज्यान गएको हो ।

आज दिउसो २ बजे तिर गोरुलाइ घाँस काट्न भनेर घर नजिकैको माटिखाने भन्ने ठाउँमा गएको बेला सो भिरबाट लडेर करिब २०० मिटर तल खसेपछि घाइते भएकी टमट्टाको प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मंगलसेन लैजाने सल्लाह गर्दै गर्दा घरमा पुग्ने वित्तिकै ज्यान गएको हाे ।