जानकी गाउँपालिकाले बोलायो विशेष गाउँसभा

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको विशेष गाउँसभा बोलाएको छ । गाउँपालिकाले आवस्यक विभिन्न प्रस्तावहरु माथि छलफल गर्न विशेष गाउँसभा बोलाईएको हो ।गाउँपालिकाको नवौँ विशेष गाउँसभाबाट सर्बसम्मत पारित गरिएका प्रस्तावहरुमा योजना संशोधन, गतबर्षको योजना तथा दायित्व निरन्तरता, मर्मत सम्भार कोष कार्यबिधी २०७७, स्थानीय शिक्षा ऐन २०७७, सुकुम्बासी समस्या समाधान, अध्यक्ष कोष कार्यबिधी २०७७, लैङ्गिक हिँसा निवारण कोष कार्यबिधि २०७७, करार कर्मचारी भर्ना एेन २०७७, करार कर्मचारी म्याद थप, स्वास्थ्यको योजना तथा बजेट र खानेपानि तथा सरसफाईका लागि आवस्यक बजेट लगायतका प्रस्तावहरुमाथि छलफल गरी पारित गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राम निवाश यादवको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष भुमिसरा धिताल, कार्यकारी अधिकृत बंश बहादुर राना, वडा न १ देखी ६ सम्मका जनप्रतिनिधि, कार्यपालिका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।